अर्जेन्टिना र आइसल्यान्डको खेल बराबरीमा टुंगीयो, मेस्सी पेनाल्टिमा चुके

302

काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाले आइसल्यान्डसँग बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्यान्डसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

रुसको ओटक्रिटाइ एरिनामा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो । खेलको १९ औं मिनेटमा जेभिएर माश्चेरानोको पासमा अग्वेरोले डिबक्स भित्रबाट आकर्षक गोल गरेपछि आइसल्यान्ड आक्रमक बनेको थियो ।

सोहि क्रममा अर्जेन्टिनाको अग्रता चार मिनेटपनि टिक्न सकेन । खेलको २३ औं मिनेटमा आइसल्यान्डले उत्कृष्ट कमब्याक गरेपछि अर्जेन्टिनाको एक गोलको अग्रता तोडियो र खेल बराबरीमा समापन भयो ।

आइसल्यान्डका लागि अल्फ्रेड फिनबोगासेनले आकर्षक गोल गरेका थिए । बराबरीसँगै ग्रुप डीका दुवै टोली एक–एक अंक बाडेका छन् । अब अर्जेन्टिना र आइसल्यान्डले ग्रुप डीका अन्य टोली क्रोयसिया र नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट चरणमा प्रवेशगर्न दुवै टोलीले अन्य खेलहरु जित्न जरुरी छ ।

मेस्सी पेनाल्टिमा चुक्दा अर्जेन्टिना जितबाट बन्चित

अर्जेन्टिना र आइसल्यान्डबीचको पहिलो हाफ एक–एकको बराबरीमा टुंगीएको थियो । दोस्रो हाफपनि एक–एकमै सीमित भएपछि खेल बराबरीमा टुंगीयो । तर अर्जेन्टिनालाई खेल जित्ने अवसर नभएको भने होइन ।

खेलमा सबैभन्दा महत्वपूर्ण खेलाडी लियोनल मेस्सीले आइसल्यान्डविरुद्ध पेनाल्टिमा गोल गर्न नसक्नु खेल बराबरी हुनुको मुख्य कारण बन्यो ।

खेलको ६३ औं मिनेटमा आइसल्यान्डका डिफेन्डरले डिबक्सभित्र अर्जेन्टिनी खेलाडीलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टिको अवसर पाएको थियो । तर मेस्सीले देब्रे खुट्टाले देब्रे पोस्टमा प्रहार गरेको बल आइसल्यान्डका गोल रक्षकले सहजै विफल पारिदिएका थिए ।

खेल अवधिभर अन्य खेलाडीहरु मेस्सीको भरपर्नुपनि अर्जेन्टिनाले खेल नजित्नुको विशेष कारक बनेको खेल पण्डितहरु बताउँछन् ।

आइसल्यान्डको डिफेन्सिभ तर आक्रमक खेल

आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध डिफेन्सिभ खेल खेलेको थियो । तर मौका पाउना साथ आफ्ना सम्पूर्ण खेलाडीको शक्ति लगाउदै गोलको प्रयास गर्नाले आइसल्यान्डले अर्जेन्टिनालाई कडा टक्कर दिएको हो ।

खेलको १९ औं मिनेटमा एक गोलले पछि परेको अवस्थामा आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध आफ्ना सम्पूर्ण खेलाडीको शक्ति प्रयोगगर्दै निकै आक्रमक प्रदर्शनगर्दै चार मिनेटमै बराबरी गोल फर्काउन सफल बन्यो । आइसल्यान्डको यस खेल ट्याक्टिकलाई विश्वभर निकै प्रशंशा गरिएको छ ।

डिफेन्सिभ खेलमा अर्जेन्टिनाको केहि लागेन

आइसल्यान्डको डिफेन्सिभ खेलकामाझ अर्जेन्टिनाले जित निकाल्न सकेन । खेल अवधिभर अर्जेन्टिनाले खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो । अर्जेन्टिनाले खेल अवधिभर ७८ प्रतिशत बल पोसेसन कायमगर्दा आइसल्यान्डले मात्र २२ प्रतिशत बल पोसेस ग¥यो ।

अर्जेन्टिनो खेलमा दुई दर्जनभन्दा बढी गोलको प्रयास गरेको थियो । जसमध्य ७ बल पोस्टमा गयो । एक बलले पोस्टको जाली चुम्यो । तर आइसल्यान्डले मात्र ८ पटक गोलको प्रयास गरेको थियो । २ पोस्टमाजाँदा एक बल गोलमा परिणत भयो ।

Comments

comments