अर्को टिमले गोल गरिदियो, क्रोएसिया विजयी

847

काठमाडाैं, असार ३ – क्रोएसियाले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गत शनिबार राति भएको खेलमा क्रोएसियाले नाइजेरियामाथि २–० को जित निकालेको हो ।

। ३२ औँ मिनेटमा नाइजेरियाका इटेबोले क्रोएसियाका खेलाडीको कर्नर जोगाउन खोज्दा आत्मघाती गोल गरे ।

उपहार गोलबाट पहिलो खेलमा १–० को अग्रता लिएको क्रोएसियाले दोस्रो हाफमा पेनाल्टी पायो । ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा लुका मोड्रिकले गोल गर्दै क्रोएसियालाई २–० को जित दिलाए ।

 

Comments

comments