एजेन्सी। बलिउड सुपरस्टार अक्षयकुमार अभिनित चलचित्र ‘गोल्ड’को नयाँ टिजर रिलिज भएको छ। टिजरमा सबैभन्दा पहिला नेशनल एंथमका लागि सबैलाई उठ्न आग्रह गरियो । तुरुन्त अग्रेजी राष्ट्रिय गान बजाईयो।
सन् १९४८ भारतमा ब्रिटिश शासन थियो र सोही कथा समावेश गरिएको छ भने फेब्रुवरीमा पनि फिल्मको एउटा टिजर सार्बजनिक भएको थियो। जुन भिडियो हेरेर देशवासीले निकै गर्व अनुभूती गरेका थिए।
यहाँ टिजरको उद्देश्य गलत भने थिएन । तर ब्रिटिश नेशनल एंथम पुरा हुनासाथ सोधियो कि तपाईलाई कस्तो महशुस भयो रु उत्तरमा मानिसहरुले भनेका छन् – ‘२०० वर्ष अगाडि अग्रेजले नेशनल एंथमका लागि हामीलाई यसरी नै उभ्याएका थिए’।
चलचित्र गोल्डका निर्देशक रिमा कागतीको फिक्शन ड्रामा हो। १५ अगष्ट मा रिलिज हुन लागेको चलचित्रमा नायक अक्षय कुमार एक हक्की स्वभावको बंगाली मेनेजरको रोलमा देखिएका छन्। जो आफ्नो जितमा पूरा भारतमा सक्रिय टिम खडा गरी ओलम्पिकमा गोल्ड मेडल जितेर दुनियाँमा तरङ्ग फैलाउँछन्।