स्वास्थ्य जाँच गराउन पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा

67

३ असार, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका छन् । शाह नियमित स्वास्थ्य जाँचका लागि आइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र मुटुका बिरामी हुन् । उनलाई ५ असोज ०७१ मा हृदयघात नै भएको थियो । नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

राजदरबारका पूर्वसचिव फणिराज पाठकले थप स्वास्थ्य समस्याका कारण नभएर नियमित स्वास्थ्य जाँचका लागि शाह आइतबार नर्भिक अस्पताल पुगेको जानकारी दिए ।

Comments

comments