सुस्त गतिकाे-‘रेस-३’

1061

इन्द्रेनी न्युज/प्रदिप सुबेदी
ईदकाे मा‌ैका पारेर बहु प्रतिक्षित चलचित्र रेस-३ प्रर्दशनमा अाएकाे छ। बलिउड स्टार सलमान खानकाे अाफ्नै ब्यानरमा बनेकाे याे चलचित्र एक्सन तथा लभ राेमान्समा अाधारित छ। रेस फ्रेनचाईज नाम हाे। पारिवारिक सम्बन्धलाई विषयबस्तु बनाईएकाे याे चलचित्रले यस अघिका अब्बास मस्तान निर्देशित रेस (२00८) रेस- २(२०१३) काे गति भने पक्डिन सकेकाे छैन।

चलचित्रको कहानी हतियारकाे अबैध काराेबार गर्ने एक परिवारकाे हाे। जस्मा शमशेर सिँह (अनिल कपुर) बाबुकाे भुमिकामा छन्। सिकन्दर सिँह (सलमान खान) साैतेला छाेरा तर बाबुका बिश्वास पात्रकाे रूपमा छन्। त्यस्तै जुम्ल्याहा सन्तानका रूपमा रहेका सुरज (सकिब सलीम ) सँझना (डेजी शाह) सिकन्दर प्रति वैरभाव राख्छन् । बबि देवल (यश) सिकन्दरकाे बाेडीगार्डकाे रूपमा छन् भने ज्याकलीन (जेगिसा) सिकन्दर कि प्रेमिकाकाे रूपमा छिन् ।

राजनैतिक कारणले अाफ्नाे गाउँ छाेडेर बिदेशमा धन्दा चलाईरहेका शमशेर सिँहलाई बारम्बार अाफ्नाे गाउँ(हाँडिया) फर्किने रहर हुन्छ। यस्तैमा एउटा विशेष अवसर अाउँछ। राजनीति कर्मीले एउटा हाेटलमा गरेकाे रासलीलाकाे फुटेजकाे हार्डकपि कम्बोडियाकाे एउटा ब‌ैङ्ककाे लकरमा रहेकाे जानकारी पाउँछ। याे फुटेजकाे हार्डकपि वरिपरि नै फिल्मकाे कथा घुमेकाे छ।

काेरियाेग्राफर रिमाे डिसुजा निर्देशित याे चलचित्रमा सामान्य कथा तथा पटकथा छ। रेसमा महङ्गा कार मज्जाले कुद्छन् तर स्टाेरीलाईन स्पीड ब्रेकरमा ठाेक्की रहनछन् ।केही ट्वीस्टहरू छन तर अपेक्षाकृत लाग्द‌ैनन। फ्लाईङ ज्याकेटमा हिराेकाे ईन्ट्री,भिलेन फ्रेडी दारूवाला (राना)काे उपस्थिति मज्जेदार छैनन्। सिकन्दरकाे रूपमा रहेका सलमान ‘नाेबल म्यान’बन्न खाेजेका छन्। धाेका पछि अाउने बदलाकाे भाव पात्रमा भेटिन्न। बरू प्रेम र माफीमा बदलिन्छ। यस्ले कथालाई कमजोर बनाएकाे छ।

अभिनयकाे हिसाबले बाबू बनेका अनिल कपुर देखि सकिब सलीमसम्म अब्बल छन्। डेजी अनि ज्याकलीनका केही स्टन्ट ,तथा डान्स स्टेप क्याची छन्,बबी देवलकाे ‘कम ब्याक’ सुहाउँदो छ। उनी सलमानकाे अपाेजिसनमा मज्जाले सुट छन्।
पात्र परिचयकाे शैली र केही गीत अनावश्यक छन्। यस्ले चलचित्रलाई लामाे बनाईदिएकाे छ। दर्शक छाेटाेमिठाे रूचाउछन याे कुरा डेसुजाले नबुझेकै हुन्त भन्ने भान हुन्छ। काेरियाेग्राफी बाट एकाएक निर्देशनकाे पल्ला सम्हाल्नु डेसुजाकाे लागि चानचुने चुनाैतीकाे विषय पक्कै हाेईन। केही हदसम्म उनी सफल छन्। पात्रहरूकाे ब्यवस्थापन , दृश्य अनुरूपकाे लाेकेसन छनाैट सम्वाद,काेरियाेग्राफी,सिनेमाटाेग्राफीका पक्षहरू बलिया छन्।

रेस तीन सलमान खान र सलमान खानका हार्डकाेर फ्यानका लागि बनेकाे चलचित्र हाे। नाम जब ब्रान्ड बन्छ, कमर्सियल अबश्य बन्छ। रेस तीन मनाेरञ्जन दिनभन्दा पनि पैसा कमाउन बनेकाे चलचित्र हाे भन्दा अत्युक्ति नहाेला।

Comments

comments