नेपाली सांगीतिक क्षेत्रका सुनौला तारा सुर्य राई ‘कमल’

112

रीदेन महर्जन

नेपाली सांगीतिक क्षेत्रमा आज भन्दा करिब १२ वर्ष अगाडी प्रवेश गर्नु भएका सूर्य राई ‘कमल’ को जन्म रौतहट जिल्लाको लक्ष्मीपुर गा. वि.स वडा नंं ८ मा पिता मंगलबहादुर राई र माता सुन्दरीदेवी राईको कोखबाट वि।सं। २०४० मा गते पहिलो सन्तानको रुपमा जन्म भएको थियो । उहाँको २ जना भाई १ जना बहिनी हुनु हुन्छ । हाल कीर्तिपुरको पाँगामा बसोबास गरिरहनु भएका राईको सानै उमेरदेखि सांगीतिक क्षेत्रमा लगाव थियो ।

वि.सं. २०५९ सालमा श्री जन प्रिय उच्च मा.वि. बाट एस।एल।सी। उत्तीर्ण गरी पढाईमा विश्राम लिनु भयो । नेपाली सांगीतिक क्षेत्रमा “कमल” उपनामले चर्चित संगीत क्षेत्रमा झुकाव भएकाले संगीतको तिर्खा मेटाउनको लागि नेहा सिनेका कला मञ्च कोटेश्वरमा सफलतापूर्वक तालिम लिनु भयो ।

त्यसपछि आदरणीय गुरुवा राम कार्कीको निर्देशन प्रशिक्षणमा वि.सं. २०७० मंसिर १ गते अल्फारिहा वेटसन केयर सेन्टर, शब्द संगीत राम कार्की र यादव बास्तोला, महर्जन प्रिन्टस प्रा.लि. न्यूरोड र न्यूक्लेभर लाइटस सुन्धराको सहयोगार्थ, सारङगी म्युजिक प्रा।लि। को प्रस्तुति “चिराग” एल्बम निकाली श्री गणेशाय गर्नु भयो ।

जसको निर्देशक बरुनराज अधिकारी, सुरेश थापा र विहाल रानामगर हुनुहुन्छ । ५ वटा सुमधुर गीतहरु समावेश गरिएको एल्बम अधिकांश श्रोताहरुले मन पराउनु भएको थियो । उक्त एल्बममा जवानीमा मायाप्रितिको संयोगान्त वियोगान्त पक्षहरुलाई सुरिलो स्वरको माध्यमबाट श्रोताहरु माझँ प्रस्तुत गरिनु भएको थियो ।

जीवनमा सबै भन्दा ठूलो धर्म नै मानवता सेवा ठानी आफ्नो एल्बम १०५ जना अनार्थ बालबालिकाहरुका लागि सहयोगार्थ बेचेर आएको १५५ दिनदुःखी, असाय, अनार्थ बालबालिकाहरुलाई सहयोग गर्नु भयो, त्यस्तै नै आफ्नो दोस्रो एल्बमबाट उठेको रकमलाई पनि १५५ जना अनार्थ बालबालिकाहरुलाई नै सहयोग गर्नु भयो । जीवनलाई संघर्षपुर्णका साथैं मानवताको दृष्टिकोणबाट एक कदम अगाडी बढाउनु पर्दछ भन्ने मान्यताका साथै सादा जीवन उच्च जीवन विताउनु पर्दछ भन्ने कुरा हामी सबैले उहाँबाट लिनै पर्ने शिक्षा हो ।

संगीतलाई नै कर्मथलो बनाएका राईको दोश्रो एल्बम ‘च्याट’ म्यूजिक हाइलाटसले बजारमा एल्बम बजारमा सार्वजनिक गरिएको थियो । “च्याटिंगमा आउ आउ माया” बोलेको गीतले युवापुस्ताहरु लगायत सम्पूर्ण श्रोताहरु कै मन छुन सफल भएको थियो । फेसबुकको माध्यमबाट जोडिने समसामयिक प्रेम प्रसङ्गको कथालाई रोमान्तिक पाराले आधुनिक पप गीतलाई पाश्चात्य शैलीमा पप गीतलाई मिक्सिङ्ग गरेर मिठासपूर्ण ढङ्गले आफ्नो गायनलाई प्रस्तुत गरिनु भएको थियो । उहाँका गीतहरु आधुनिक नेपाली चलचित्र “नकाव” चलचित्रमा पनि समावेश भएको छ ।

यसको डिरेक्सन रोशनकुमार श्रेष्ठ, संगीत राम कार्की, प्रशान राईको शब्द र उहाँकै स्वर रहको एल्बम च्याटमा पाँचवटा गीत समावेश गरिएको छ । जसमा नेपालमा चर्चित मोडेलहरु एस राज, निता, पोखरेल, एन्नी, सविना धिमाल आदि कलालकाहरुको अभिनय रहेको छ । एल्बममा मधुसाला म्युजिक प्रा।लि। ले बजारमा ल्याएको थियो । ३ वटा नेपाली चलचित्रहरुमा समेत गीत गाउनु भएको छ ।

साथैं हालै मात्र रेकडिङ्ग सम्पन्न कालो कालो चस्मा लाउने बोलेको गुगल गीतको कभर भिडियो सहित रिङ्ग स्टूडियोमा बजारमा निकाल्नु भएको छ । उहाँ स्वयम्ले नै संगीत दिनुकासाथै सबिना केसी, दिल कूमारी श्रेष्ठ र सरिता राईले साथ दिन भएको छ भने सपनामा स् बरिष्ठ साहित्यकार नारायण नेपालको रहेको छ, भिडियोमा अन्कित डिसी दिप गुरुङ्ग र डिरेक्र्टर रोशन कुमार श्रेष्ठज्यूले सहयोग गर्नु भएको छ ।

गत बर्षमात्रै राई दनुवार उत्थान सेवा समाजको आयोजनामा हाम्रो समाजमा उल्लेखनीय तथा विशिष्ट योगदान पु¥याउदै आइ रहनु भएका कलाकार, पत्रकारहरुलाई व्यक्ति विशेष सम्मान—२०७४ भव्यरुपमा आयोजना गर्नुका साथै, किर्तिपुरका चोभार स्थित सगरमाथा सगरमाथा फाउण्डेसन बाल गृह, चोभार १००७५ बराबर नगददान गरि मानवीय सेवा समेत गर्नु भएको थियो ।

यसरी मानवीय सेवाका साथै संगीतलाई सवश्र्व ठानी “तन मन धनले” समर्पित गर्नु भएका युवा गायक राईको आउँदा दिनहरुमा अझै राम्रा राम्रो गीतहरु सुन्न पाइयोस् । सुस्वाथ्य, दिर्घायुका साथै सम्पूर्ण संगीतिक प्रेमी श्रोताहरुको सदा मन जिति रहन सफल रहोस् यही छ हृदयदेखि जन्म दिनको शुभ कामना दिन चहान्छु ।

Comments

comments