मेवा खानुका फाईदाहरु

140

काठमाडौं, ३ असार । नेपालको हावापानी अनुसार सजिलोसँग पाइने फल हो मेवा । बारीका कान्लामा लगायत घर पछाडी पनि मेवाको रुख सजिलै सँग विकास हुन सक्छ र फल दिन सक्छ। यो सजिलो गरी पाइने मीठो फल स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै लाभदायक छ।

काँचो मेवालाई मिक्सरमा पिसेर, त्यसलाई पानीमा मिलाउने र त्यो घोलमा चिनी, कागतीको रस, मरिच राखेर घोल्ने । यस्तो घोल बनाएर दैनिक दुई देखि तिन पटक सम्म पिउनाले जन्डिसबाट राहत मिल्छ। मेवाभित्र हुने कालो दानालाई पानी राखेर पिन्ने। त्यसपछि त्यसलाई पानीमा राखेर पिउने ।

सात दिनसम्म लगातार रुपमा यो विधि अपनाउनाले पेटको समस्याबाट मुक्त हुन सकिन्छ।महिनावारी अनियमित हुने समस्या भएका महिलाहरुले हरेक दिन २ सय ५० ग्राम मेवा खानाले महिनावारि नियमित हुन थाल्छ। मेवाको रसमा टमाटरको रस मिलाएर हरेक दिन पिउनाले कब्जियतबाट छुटकारा पाउन सकिन्छ। नियमित रुपमा मेवाको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्न बाट पनि बचाउछ ।

Comments

comments