आज सुनको मुल्य तोलामा पाँच सयले घट्यो

178

काठमाडौ, ३ असार । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा पाँच सय रुपैंयाले घटेको छ । शुक्रबार ५९ हजार प्रतितोलामा किनबेच भएको छापावाला सुन आज प्रतितोला ५८ हजार ५ सयमा किनबेच भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला ७८० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

Comments

comments