विश्वकप फुटबल: गएरातिको खेलमा ब्राजिल र स्वीजरल्यान्ड बराबरिमा टुङ्गियो

308

काठमाडौं। विश्वकप फुटबल प्रतियोगितामा फुटबलको हब मानिएको राष्ट्र ब्राजिलले स्वीजरल्यान्डसँग बराबरी खेलेको छ । आइतबार राति ब्राजिल र स्वीजरल्यान्डबीचको खेल बराबरीमा टुंगीएको हो ।

पहिलो हाफमा फिलिपे कोन्टिन्होको गोलबाट ब्रालिलले सुरुवाती अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा कोन्टिन्होले डिबक्स बाहिरबाट गरेको प्रहार बारमा ठोक्किदै आकर्षक गोलमा परिणत भएको थियो ।

तर अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा स्वीजरल्यान्डले बराबरी गोल फर्काउन सफल बन्यो । स्वीजरल्यान्डले स्टिभन जुभरको गोलबाट बराबरी गोल फर्काएको थियो ।

खेलको ५० औं मिनेटमा जर्डान शाक्रिको कर्णर प्रहारमा स्टिभनले हेडरमार्फत गोल गर्न सफल भएका थिए । त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा टुंगीएको हो । बराबरी खेलेसँगै समुह इका टोली ब्राजिल र स्वीजरल्यान्डले एक–एक अंक बाँडेका छन् ।

ब्राजिल, स्वीजरल्यान्डसँगै समुह इमा सर्विया र कोस्टारिकापनि समावेश छन् । समुहमा ३ अंक भएको सर्विया शिर्ष स्थानमा छभने ब्राजिल र स्वीजरल्यान्ड एक–एक अंक भएका टोली हुन् । अन्तिम स्थानमा कोस्टारिका छ ।

समुहका प्रत्येक टोलीले एक–एक पटक प्रतिस्पर्धा गर्नेछन् । जसमध्य अंक तालिकाका आधारमा विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्नेछन् ।

Comments

comments