यस्तो थियो ब्राजिल र स्वीजरल्यान्ड बिचको गोल (हेर्नुस् भिडियो) Brazil v Switzerland - 2018 FIFA World Cup Russia™ - Match 9

1379

काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा फुटबलको हब मानिएको राष्ट्र ब्राजिलले स्वीजरल्यान्डसँग बराबरी खेलेको छ। आइतबार राति ब्राजिल र स्वीजरल्यान्डबीचको खेल बराबरीमा टुंगीएको हो।

पहिलो हाफमा फिलिपे कोन्टिन्होको गोलबाट ब्रालिलले सुरुवाती अग्रता लिएको थियो। खेलको २० औं मिनेटमा कोन्टिन्होले डिबक्स बाहिरबाट गरेको प्रहार बारमा ठोक्किदै आकर्षक गोलमा परिणत भएको थियो।

तर अग्रता जोगाउन नसक्दा दोस्रो हाफमा स्वीजरल्यान्डले बराबरी गोल फर्काउन सफल बन्यो। स्वीजरल्यान्डले स्टिभन जुभरको गोलबाट बराबरी गोल फर्काएको थियो।

खेलको ५० औं मिनेटमा जर्डान शाक्रिको कर्णर प्रहारमा स्टिभनले हेडरमार्फत गोल गर्न सफल भएका थिए। त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा टुंगीएको हो। बराबरी खेलेसँगै समुह इका टोली ब्राजिल र स्वीजरल्यान्डले एक–एक अंक बाँडेका छन्।

ब्राजिल, स्वीजरल्यान्डसँगै समुह इमा सर्विया र कोस्टारिकापनि समावेश छन्। समुहमा ३ अंक भएको सर्विया शिर्ष स्थानमा छभने ब्राजिल र स्वीजरल्यान्ड एक–एक अंक भएका टोली हुन्। अन्तिम स्थानमा कोस्टारिका छ।

समुहका प्रत्येक टोलीले एक–एक पटक प्रतिस्पर्धा गर्नेछन्। जसमध्य अंक तालिकाका आधारमा विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्नेछन्।

Comments

comments