काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारकालागि थाइल्याण्ड पुगेका छन्। आइतबारराति प्रचण्ड श्रीमती सीताको उपचारकालागि थाइल्याण्ड प्रस्थान गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
सुगर, प्रेसर, थाइराइड लगायतका रोगबाट ग्रसित सीतालाई एकमात्र छोरा प्रकाशको निधन भएपछि रोगले च्याप्ने गरेको परिवारिक स्रोतले जनाएको छ। यसअघि छोरी रेणुले सीताको उपचार गर्न दिल्ली लगेकी थिइन्।