यस्तो बनेर आयो ‘वीराङ्गना’को ट्रेलर’-भिडियो New Nepali Movie Birangana Offical Trailer

517

इन्द्रेणी न्युज, काठमाडौं। असार २९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार साईराम पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरेको चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य कलाकार अनुप बिक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी प्रसाइ प्रेम द्वन्द र एक्शनमा प्रस्तुत भएका छन्।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । सुमी चामलिङ राई सह निर्माता रहेका छन् । चलचित्रमा दिपक शर्माको संगीत र रघु परियारको शब्द, कृष्ण काफ्ले र रेश्मा पुनको स्वर ,सुरेन्द्र बसेलको कोरियोग्राफी र रामेश्वर कार्कीको छायांकन रहेको छ।

नारी प्रधान एक्शन लभ जनरामा निर्माण गरिएको चलचित्रमा शिल्पा र पृथ्वीका अलावा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।

Comments

comments