युट्युब ट्रेण्डिगको ४ नम्बरमा रेखाको ‘पलाँस’ (हेर्नुहोस् पूरा फिल्म) PALASH | New Nepali Full Movie 2018

330

इन्द्रेणी न्युज, काठमाडौं। कृषा चौलागाईंको निर्माण र सुभास कोइराला द्वारा निर्देशित चलचित्र ‘पलाँस’ युट्युब ट्रेण्डिगको ४ नम्बरमा आएको छ। हाइलाइट्स नेपालको अफिसियल युट्युब च्यानल बाट शुक्रबार अपलोड गरिएको यस चलचित्र ४ नम्बर ट्रेण्डीगमा पर्नुको साथै चार दिनमा ६ लाख ९० हजार बढी भ्यूज कमाउन सफल भएको हो। पछील्लो समय कुनैपनी भिडियो ट्रेण्डिगमा पर्नु भनेको अहिले फेसन जस्तै बनेको छ। ट्रेण्डिङमा पर्नुभनेको नेपाल बाट सर्वाधिक हेरिनु हो।

सुरुवाती दिनदेखी आजका दिनसम्म पनि राम्रो छवी बनाएकी र आजपनी युवापुस्ता माझ राम्रो क्रेज भएकी चर्चित नायिका रेखा थापाको मुख्य अभिनय रहेको यस चलचित्रमा एउटा गाउको कथा समेटिएको छ भने चलचित्र प्रेममा आधारित छ।

अयुब केसीको कथामा कामेश्वरले संवाद लेखेको चलचित्रमा रेखाका अलावा कामेश्वर चौरासिया , अयुब केसी, कमल देवकोटा र प्रकाश घिमिरेको अभिनय रहेको छ।

Comments

comments