इन्द्रेणी न्युज, काठमाडौं। साउन ४ गतेबाट सार्वजनी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानिमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र प्रोमोमा दया ह्याङ राइ, सुरक्षा पन्त, बर्षा सिवाकोटी र बुद्दी तामाङलाई कमेडी, एक्सन र रोमान्स तरिकाले प्रस्तुत गरिएको छ।
नेपालय सिनेमा इन्टरनेशनलको व्यानर र एभरेस्ट सुर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी संयुक्त रुपमा निर्माण गरेका हुन् भने शहनीर्मातामा करुणाकर घिमिरे, सविता गुरुङ, कुमार बस्नेत र यम बराल रहेका छन् । चलचित्रको ‘सनमा माया लाको’ र ‘काठै खायो मालायु काठे किराले’बोलको गीत हिट छ।
लेख बहादुर पुन कार्यकारी निर्माता रहेको चलचित्रमा कविराज गहतराज,बसन्त श्रेष्ठ, रामजी लामिछानेको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी, बसन्त सापकोटा, यम बराल, अर्जुन पोखरेलको संगीत, सुर्य ठोक्करको एक्सन र बनिश शाहको सम्पादन रहेको यस चलचित्रमा विक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।