अबको केहिबेरपछि बेलिजियम र पनामाबीचको खेल सुरु

281

काठमाडौं । बेलिजियम र पनामाबीचको विश्वकप खेल अबको केहिबेरपछि सुरु हुँदैछ । खेल रुसको फिस्ट ओलम्पिक स्टेडियममा पौने ९ बजे सुरु हुन लागेको हो ।

बेलिजियम पनामाभन्दा तुलनात्मक रुपमा बलियो टोली हो । आज बेलिजियमका तर्फबाट स्टार खेलाडीहरु इदिन ह्याजार्ड, रोमेलु लुकाकु, केभिन डि ब्रुन पनामाविरुद्धको खेलमा उत्रदैछन् । बेलिजियमको गोर रक्षकका रुपमा चेल्सीका स्टार थिबाउट कोर्टियस मैदान प्रवेश गर्नेछन् ।

Comments

comments