नेपाली काँग्रेसका महासमिति सदस्य आचार्यको निधन

171

काठमाडौँ, ४ असार : नेपाली काँग्रेसका महासमिति सदस्य एवं समाजसेवी सुदर्शन आचार्यको मस्तिष्काघातका कारण ६० वर्षको उमेरमा आज निधन भएको छ ।

उहाँको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।

काठमाडौँ जिल्लाको साविक गोलढुंगा गाउँ विकास समितिका पूर्व अध्यक्ष, विकेन्द्रिकरण समितिका पूर्व सदस्य एवं समाजसेवी आचार्यका श्रीमती र एक छोरी छन् ।

Comments

comments