फिफा विश्वकप : जापानविरुद्ध खेलमा फर्कियो कोलम्बिया, एक–एकको बराबरीमा टुंगीयो पहिलो हाफ

170

काठमाडौं । कोलम्बियाले जापानविरुद्ध बराबरी गोल फर्काएको छ । जापानले खेलको छैठौं मिनेटमा पेनाल्टिमार्फत एक गोलको सुरुवाती अग्रता लिएको थियो ।

खेलको तेस्रो मिनेटमा कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले ह्यान्ड गरेपछि उनलाई रातोकार्ड दिइएको थियोभने जापानलाई पेनाल्टिको मौका दिइएको थियो । पेनाल्टिमा जापानका सिन्जी कगावाले गोल गरेका थिए ।

तर दश खेलाडीमा सीमित भएको कोलम्बिया खेलमा झनै आक्रमक बनेपछि जापानको अग्रता खेलको ३९ औं मिनेटमा तोडियो । कोलम्बियाका जुवान क्युनटेरोले फ्रिकिक मार्फत आकर्षक गोल गरेका थिए ।

पहिलो हाफसम्म बराबरी भएको खेलको दोस्रो हाफ अब निर्णायक बन्नेछ ।

अहिलेसम्मको खेल मध्यनजरगर्दा दुवैले उस्तै–उस्तै क्षमतामा खेलेका छन् । बल पोसेसन समान ५०–५० छभने दुवैले ५–५ पटक गोलको प्रयास गरेका छन् ।

Comments

comments