विश्वकप फुटबलमा आज यी टोली भिड्दै, मारक्कोले रोक्ला त रोनाल्डोलाई ?

956

काठमाडौं। विश्वकप फुटबलमा आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ । समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ ।

दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् । समुह चरणको पहिलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो ।

मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भोगेको थियो । यता पोर्चुगलले भने उपाधिको प्रवल दावेदार मानिएको स्पेनसँग ३—३ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

स्पेनसँग सनसनीपुर्ण खेलमा पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो ह्याटिक गरेका थिए ।,

Comments

comments