Breaking News:: सप्तकोशीको पुलका ट्रक पल्टदा ७ घाइते २ जनाको मृत्यु

508

इन्द्रेणी न्युज, काठमाडौं। हेटौडा बाट स्काइभेटर बोकेर बिराटनगर आउँदै गरेको ट्रक सप्तकोशी नदीमा पल्टिएकोछ । ट्रक पल्टदा ट्रकमा सवार २ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रक पुर्णरुपमा नदीमा डुवेकोले कती नम्बर हो भन्ने सम्म पत्ता लाग्न नसकेको प्रहरीको भनाइछ ।

घाइते हुने हरूमा गौरादह ५ झापाका सन्तोष अधिकारी, टंकीसिनुवारी मोरङ्गका शुक्र राज लामा, हेटौडा मकवानपुरका आइत सिंह पुर्जा, महेन्द्रनगर सुनसरीका मोतीराज विश्वकर्मा, सुन्दरहरैचा ७ मोरङ्गका कृष्ण चौधरी, कटहरी उदयपुरका हरि मगर र बिराटनगर का राजकुमार मण्डल रहेका छन् । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते मध्ये १ जना लाई विराट नर्सीङ्ग होम रिफर गरिएको छ भने बाँकीको सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेकोछ । र बाकी ६ जनालाई पनि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरान रिफर गरिने अस्पतालको भनाइछ ।

यस भन्दा अगाडी पनि सप्तकोशी नदीमा ट्रक दुर्घटना भएको थियो । पुलको आयु सकिएकोले बारम्बार दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमरीयाले बताए । पुलको बिचमा ठुला ठुला खाल्डा भएकोले खाल्डामा चिप्लीएर सवारीसाधन नदीमा खस्ने गरेको उनको भनाइछ ।

Comments

comments