पोर्चुगलको अग्रता कायमै, मोरोक्को १–० ले पछि

285

काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले पहिलो हाफसम्म आफ्नो अग्रता कायमै राखेको छ । पोर्चुगलले मारोक्कोविरुद्ध आफ्नो एक गोलको अग्रता कायमै राख्न सफल भएको हो ।

पोर्चुगलकालागि स्टार क्रिस्टियानो रोनाल्डोले खेलको चौथौं मिनेटमा हेडरमार्फत आकर्षक गोल गरेका थिए । उनले जोवा मोटिन्होको कर्णर किकलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए । यस गोलसँगै रोनाल्डो विश्वकपको गोल्डेन बुट जित्न उन्मुख भएका छन् ।

आजको गोलसँगै रोनाल्डो जारी प्रतियोगितामा सर्वाधिक ४ गोलगर्ने खेलाडी बनेका हुन् । मोरोक्कोले आफ्नो पहिलो खेलमा हारेको छभने पोर्चुगलले स्पेनसँग बराबरी गरेको थियो । नकआउट चरणमा प्रवेश गर्नका लागि आजको खेल जित्नै पर्ने दुवै टोलीलाई दबाब छ ।

अहिलेसम्मको खेललाई मध्य नजरगर्दा दुवैको खेल प्रतिस्पर्धात्मक देखिएको छ । मारोक्कोको ५२ प्रतिशत बल पोसेसन छ भने पोर्चुगलले ४८ प्रतिशत बल पोसेस गर्न सफल भएको छ ।

मोरोक्कोले अहिलेसम्म खेलमा ७ पटक गोलको प्रयासगर्दा २ बल पोस्टको दिशामा गएको छ । पोर्चुगलले पाँच पटक गोलको प्रयास गर्दा २ बल पोस्टमा जाँदा १ बल गोलमा परिणत भएको छ । दोस्रो हाफ अबको केरिबेरपछि सुरु हुनेछ ।

Comments

comments