खेलको चौथो मिनेटमा गोल गरेका रोनाल्डोलाई फोटोग्राफरले यसरी लामो समय क्यामेरा तेरस्याए

537

एजेन्सी । विश्वकप फुटबल २०१८ अन्तरगत मोरक्कोसँगको खेलमा पोर्चुगलले रोनाल्डोको गोल अग्रता लिँदा एउटा भिन्न माहोल देखियो ।

पोर्चुगलको लागि खेलको चौथो मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दा कैयौँको संख्इमा मैदानसगै रहेका फोटोग्राफरले क्यामेराको लेन्स रोनाल्डोलाई कैद गरेर केही मिनेट बिताएका थिए ।

रोनाल्डोले कर्नरमा उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् । पहिलो खेलमा मोरक्को इरानसँग हारेको थियो भने पोर्चुगलले स्पेनसँग ३– ३ को बराबरी खेलेको थियो । स्पेनसँगको खेलमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

Comments

comments