फिफा विश्वकप: ४ मिनेटमा नै गोल गरेका रोनाल्डोले अरु गोल गर्न के गर्लान् ?

275

एजेन्सी । फिफा विश्वकप अन्तर्गतको छैठौँ दिनको पहिलो खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गरेसँगै मोरोक्को बिरुद्ध अग्रता लिइरहेको छ ।

दोस्रो हाफको केही मिनेटमा उनले पाएको शानदार अवसर चुकाएका रोनाल्डोले अरु गोल थप्न के गर्लान् भन्ने आशाका साथ विश्वभरका उनका समैथकहरुले खुलदुलीकाबिच खेल हेरिरहेका छन् ।

रोनाल्डोले खेल सुरु भएको चौथो मिनेटमै गोल गरेपछि दबाबमा रहेको मोरोक्को बिरुद्ध दोस्रो हाफमा पनि रोनाल्डोको पोर्चुगल हावी नै भएको छ । समूह चरणको पहिलो खेलमा स्पेनमाथि ३÷३ को बराबरी गरेको पोर्चुगलले आफ्नो दबदबा राख्ने सक्ला नसक्ला भन्ने चासो धेरैले गरिरहेका छन् ।

त्यस्तै इरानसँग सुन्यकाविरुद्ध १ गोलले पराजित भएको मोरक्कोले आज गर्ने प्रदर्शनलाई पनि निकै महत्वका साथ हेरिरहेको बेलामा रोनाल्डोले गतिलो सुरुवात गरेसँगै उनले पोर्चुगललाई मात्र उत्कृट प्रदृशन गरेनन् आफ्नो ब्यक्तिगत खेल समेत देखाएर विश्वलाई नै चकित पारिदिएका छन् ।

Comments

comments