किर्तिपुरमा ‘दाफा प्रर्दशन कार्यक्रम भव्य रुपमा सम्पन्न

75

रीदेन महर्जन,

किर्तिपुर नगरपालिकाको आयोजनामा ‘दाफा प्रर्दशन कार्यक्रम असार ५ गते मंगलवार सम्पन्न भएको छ । ‘साँस्कृतिक र प्राकृतिक सम्पदायुक्त शैक्षिक र पर्यटकीय सहर । स्वच्छ, हराभरा, समावेशी र समुन्नत हाम्रो कीर्तिपुर नगर ।।’ भन्ने नाराका साथ प्रर्दशन भएको कार्यव्रmममा किर्तिपुर नगरपालिका अन्तर्गतका द्यः ध्वाखा दाफा खलः, नगां दाफा खलः, थांबहाः दाफा खलः, साःगाः दाफा खलः, समल त्वाः दाफा खलः, तःननी दाफा खलः, इछेँ–ह्वाकुंचा दाफा खलः गरी १२ वटा दाफा खलः हरुले कार्यक्रममा सहभागिता जनाएको छ ।

सिथि नखः उपलक्ष्यमा किर्तिपुरको ऐतिहासिक दरबार क्षेत्रमा १ वडा लायकू टोलमा ‘दाफा प्रदर्शन कार्यक्रम’ भएको थियो । किर्तिपुर नगरपालिका भित्रका विभिन्न दाफा खलः हरुले भाग लिएको कार्यक्रममा मैतिदेवीबाट पाल्नु भएका बाध्य बाधक एवम् मादल बाधक इन्द्रमान महर्जनका अनुसार “यस्ता कार्यव्रmमहरु भई रहनु पर्दछ हाम्रा सांस्कृतिक परम्परा भित्र समावेश भएको बाजा गाजाहरुको समय परिस्थति अनुसार विद्यालयका पाठ्यव्रmममा समावेशी लानु पर्ने जरुरी भइसकेको जानकारी दिनु भयो ।”

त्यस्तै गरी तःननी दाफा खलः का सदस्य सुरेन्द्र महर्जनका अनुसार “लोप भई रहेका बाजा गाजाहरुको संरक्षण गर्न गाह्रो भई रहेको छ । जसको लागि राज्य सरकारको तर्पmबाटै बजेट विनियोजन गरी मौलिक बाजा गाजाहरुको संरक्षण गरि राख्नको लागि युवा पुस्तातरण गर्न आवश्यक पहल कदमी चाल्नु आवश्यक बताउनु भयो ।

प्रमुख अतिथी रुपमा पाल्नु भएका वाङमय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीले परम्परागत बाजागाजाहरुको धार्मिक, सांस्कृतिक एैतिहासिक दृष्टिकोणले अत्यन्तै महत्व रहनुका साथै हाम्रो जीवन संस्कारसित जोडिदै आइरहेकोले यस कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथीका रुपमा किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन अतिथिका रुपमा बरिष्ठ संगीतककार संगीत अनुसन्धानकर्ता रामकृष्ण दुवाल इटहरी नेवाः खलःका सल्लाहकार पूर्णकृष्ण श्रेष्ठले आ—आफ्नो विचार राख्नु भएको थियो । अथितिका रुपमा किर्तिपुर नगरपालिकाका वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

Comments

comments