आज सुनको मुल्य कतिले घट्यो ?

224

काठमाडौँ, ७ असार।  साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सयले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार सात चार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बिहीबार भने चाँदीको मूल्य यथावत नै रहेको छ ।

बुधबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

comments