टिम नेपो बैतडीको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न

316

नरेन्द्र बिष्ट,
 बैतडी, ७ असार। म र मेरो रुख अभियान दोगडा केदार बाट सुरु। टिम नेपो बैतडीको आयोजनामा र दोगडा केदार गाउपालिकाको सहयोगमा श्री सनातन धर्म माध्यमिक बिध्यालयको परिसर भित्र विभिन्न प्रजातिका बिरुवा रोपेका छन । म र मेरो रुख मेरो राष्ट्रको पहिचान भन्ने उदेश्यका साथ team nepo बैतडी ले जिल्लाका विभिन्न ठाँउ मा बिरुवा रोप्ने अभियानको थालनी बैतडीको दोगडा केदार गाउपालिका बाट सुरु गरेका छन् ।

उक्त अभियान को सुरुवात गाउपालिका अध्यक्ष चक्र कार्किद्वारा सनातन धर्म माबिको परिसरमा बिरुवा रोपेर गरिएको team nepo बैतडी अध्यक्ष रेनुका कार्किले जानकारी दिनु भएको छ। बिश्वब्यापी बढीरहेको जङ्गल कटानि बाट हुन गैरहेको बाताबरण असन्तुलन लाई मध्यनजर गर्दै बिरुवा रोपेर । वातावरण सन्तुलन ल्याउन आफूहरु लागि रहेको अध्यक्ष कार्किले जानकारी दिनु भएको छ।

उक्त अभियानमा गाउपालिका अन्तरगतका सबै विषयगत कार्यालय प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि र सनातन धर्म मा.बि.का विद्यार्थीको उल्लेख्य सहभागितामा २५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएका छन।

Comments

comments