इन्द्रेणी न्युज, काठमाडौं। असार १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ए सोल्टिनि’को शीर्ष गीत सार्वजनिक भएको छ। चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्र निर्माण युनिटले सो गीत सार्वजनिक गरेको हो। हाइलाइट्स नेपालको अफिसियल युबटुब मार्फत सार्वजनिक गरिएको उक्त गीतमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगरलाई प्रस्तुत गरिएको छ ।
सार्वजनिक गीतमा सुवास नेपालीको स्वर समावेश गरिएको छ भने निर्देशक निमा लामा तामाङको शब्द र संगीत रहेको सो गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ हुन् भने पछिल्लो समय प्रचार प्रशारलाई तीव्रता दिएको छ ।
जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस् चलचित्रमा सबिन श्रेष्ठ,अर्जुन गुरुङ, जयनन्द लामा,ज्ञानबहादुर जिम्वा,गंगा रानामगर, मन्जु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ।