विश्वकप फुटबलमा : पाहिलो गोल, एम्बाप्पे बने फ्रान्सका कम उमेरका विश्वकप गोलकर्ता

393

काठमाडौं । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा फ्रान्सले पेरुविरुद्धको दोस्रो हाफमा १–० गोलको अग्रता लिइरहेको छ । केलियन एमबाप्पेको गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको हो ।

उनले ३४ औं मिनेटमा गोल गरेका हुन् । यस गोलसँगै एम्बाप्पेले दुई रेकर्ड बनाए । उनले पहिलो पटक विश्वकपमा गोल गरेभने उनी सोहि गोलकै कारण फ्रान्सकै सबैभन्दा कम उमेरको विश्वकप गोलकर्ता समेत बनेका छन् ।

दोस्रो हाफको खेल चलिरहेको छ । पेरु खेलमा फर्कन प्रयास गरिरहेको छ । यस्तै फ्रान्सले गोलअन्तर बढाउने लक्ष्यका साथ खेलि रहेको छ । समुह सीको पहिलो खेलमा जित निकालेको फ्रान्स आजको खेल जित्दै नकआउट चरण प्रवेश गर्ने दाउमा छ ।

पहिलो खेलमा हारेको पेरुभने आजको खेल हारे उसले आगामी राउण्ड प्रवेश गर्ने संभावना टरेर जानेछ । अहिलेसम्मको खेल हेर्दा फ्रान्स पेरुभन्दा बलियो देखिएको छ

Comments

comments