विश्वकप फुटबलमा ६४ वर्षअघी यस्ता घटनाहरु घटेका थिए, जुन पुन: यसपटकपको विश्वकपमा दोहोरियो

1669

विश्वकप फुटबल: स्पेनले बुधबार राति इरानलाई १–० गोलअन्तरले पराजित गरेको खेल यस विश्वकपको २०औं खेल थियो। २० खेल सकिदा पनि यसविश्वकपको कुनै खेल गोलरहित बराबरीमा रोकिएन। जुन ६४ वर्षअघि विश्वकपमा दोहोरिएको हो।

यसअघि १९५४ मा भएको विश्वकपका सुरुवाती २० मध्ये कुनैपनि खेल गोलरहित बराबरीमा रोकिएको थिएन्। त्यसबेला २६ खेलको विश्वकप हुने गर्दथे। यसपटक भने विश्वकपमा जम्मा ६४ हुदैँछन्।

यस्तै बुधबार भएका तीन खेलहरु १–० को नतिजामा रोकिएका थिए। पहिलो खेलमा पोर्चुगलले मोरोक्कोलाई, दोस्रो खेलमा उरुग्वेले साउदी अरेबियालाई र तेस्रो खेलमा स्पेनले इरानलाई १–० गोलअन्तरले पराजित गरेको थियो।

यसअघि विश्वकपमा एउटै दिनमा यस्तो नतिजा १९८२ जुन २५ मा र २०१० को जुन २३ का दिन भएका तीन खेलमा मात्रै आएका थिए।

बुधबार नै यसविश्वकपबाट बाहिरिने पहिलो टिम मोरोक्को बनेको थियो। लगातार दुई खेलमा पराजित भएसँगै उसको अघिल्लो चरणमा पुग्ने सम्भावना सकिएको हो।

यस्तै, समूह ए बाट रुस र उरुग्वे अन्तिम १६ मा पुग्ने टोली बनेका थिए भने साउदी अरेबिया र इजिप्ट बाहिरिएका थिए । -नेपाल खबर

Comments

comments