इन्द्रेणी न्युज, काठमाडौं। नरेश कुमार केसी निर्देशित चलचित्र ‘रोमियो एण्ड मुना’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार हाइलाइट्स नेपालको अफिसियल युबटुब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त चलचित्रको ट्रेलरमा चलचित्रका दुई पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ।
३ मिनेट लामो उक्त ट्रेलरमा मुना र रोमियो अर्थात विनय र सृष्टिको प्रेमलाई झगडाको शैलिमा देखाइेको छ भने आफ्नो प्रेमिकाको लागि विनयले कान समेटा काटेको ट्रेलरमा देखाइेको छ।
साउन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा निर्देशक केसीको पटकथा छ भने संवादमा निर्देशकसँग निरज महर्जनले साथ दिएका छन् । चलचित्रका निर्माणकर्ता प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य हुन्।
चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने नायिका शुस्मा कार्की विकिनी अवतारमा प्रस्तुत भएकी छिन्।