को चड्लान्त अनुपको ‘पुरानो बुलेट’मा बर्षा कि माला ?

400

इन्द्रेणी न्युज, काठमाडौं। भीषण राईको निर्देशन रहने चलचित्र ‘पुरानो बुलेट’को औपचारिक निर्माण घोषणा भएको छ। बिहीवार राजधानिमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको औपचारिक घोषणा गरिएको हो।

क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनेता अनुप बिक्रम शाही र नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बुको प्रमुख भूमिका रहने चलचित्र लव स्टोरी जनारामा निर्माण हुनेछ।

चलचित्रमा कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले निर्माण, हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको स्वर रहने छ भने कोरियोग्राफर पशसान्त तामाङले गर्नेछन् ।

यही असार महिनाको १५ गतेबाट छायांकन सुरु गरिने चलचित्रमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुकोे पनि अभिनय रहनेछ भने आगामी चलचित्र आगामी मङ्सिरमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।

Comments

comments