दशबर्ष अगाडी प्रदर्शन भएको ‘थ्री इडियट्स’ को सिक्वेल ‘थ्री इडियट्स-२’ बन्ने निश्चित

590

एजेन्सी। बलिउड अभिनेता आमिर खान अभिनित ‘थ्री इडियट्स’ को सिक्वेल ‘थ्री इडियट्स-२’ निर्माण हुने भएको छ। दशबर्ष अगाडी निर्माण भएको बलिउड चलचित्र थ्री इडियट्स’ को सिक्वेल ‘थ्री इडियट्स-२’ निर्माण गर्ने बारे निर्देशक राजकुमार हिरानीले बताएका छन्।

निर्देशक हिरानी अहिले चलचित्रको स्क्रिप्टमा बसेका छन् भने स्क्रिप्टको काम सकेलगत्तै कलाकारहरु फाइनल गरिने बताइएको छ । हिरानीको चलचित्र‘सञ्जु’ अर्को हप्ता प्रदर्शनमा आउँदैछ । थ्री इडियट्स चर्चित लेखक चेतन भगतको उपन्यासमा आधारित थियो । तर, यसको सिक्वेल भने मौलिक हुने बुझिएको छ । चलचित्रमा कुन–कुन कलाकारहरुको अभिनय रहनेछ भन्ने बिषयमा खोलिएको छैन ।

‘थ्री इडियट्स’चलचित्रले त्यो समयमा बक्स अफिसमा निकै राम्रो ब्यापार गर्न सफल भएको थियो भने समिक्षकहरुबाट पनि राम्रो प्रतिक्रिया आएको थियो ।

Comments

comments