फस्टलुक पोस्टर सँगै ‘पिरिम पर्‍या छन्’को रिलिज मिती तय, जान्नुहोस् कहिले ?

489

इन्द्रेणी न्युज, काठमाडौं। निर्देशक पुरन थापा द्वारा निर्देशित चलचित्र ‘पिरिम पर्‍या छन्’को फस्टलुक पोस्टर सार्वजनिक भएसँगै चलचित्रको रिलिज मिती तय भएको छ। चलचित्र निर्माण युनिटले शुक्रबार सामाजिक संजाल् फेसबुक मार्फत चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिती आगामी साउन २५ गतेलाई फाइनल गरेका हुन्।

सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका सबै कलाकारलाई प्रस्तुत गरिएको छ। माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा निर्देशक पुरनकै कथा,बिमल ढकालको छायांकन, बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध रहेको छ भने चलचित्रलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन्।

निर्देशक पुरनको नयाँ फिल्म फेरि फेरि निर्माणको अन्तिम चरणमा पुगेको छ । अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा रहेको सो फिल्मभन्दा अघिनै पुरनले पिरिम पर्या छन् दर्शकमाझ ल्याउन लागेका हुन् । गाउँले परिवेशको समाजीक हाँस्य कथामा निर्माण भएको चलचित्रमा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइराला लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments