जब रेफ्रीले रोनाल्डोसँग जर्सी मागे…

3132

काठमाडाै‌ं, असार ८ – मोरक्कोसँगको खेलका क्रममा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसँग रेफ्रीले जर्सी मागेको खुलेको छ । रोनाल्डोकोव खेलबाट प्रभावित भएर अमेरिकी रेफ्री गाइगरले क्रिष्टियानो रोनाल्डोसँग जर्सी मागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वाट्फोर्डका विंगर अमराबातले भने पोर्चुगलका पेपेले यो कुरा आफूलाई सुनाएको बताएका छन् । उनले डच टेलिभिजनसँग यस्तो बताएका हुन् । रोनाल्डोबाट रेफ्री निकै प्रभावित भएको उनको भनाई छ ।

तर विश्व फुटबलको प्रशासकीय निकाय फिफाले भने रेफ्रीले रोनाल्डोसँग जर्सी नमागेको र यो आरोप पूर्णरुपले झुठ रहेको बताएको छ ।

Comments

comments