काठमाडौं। रसियामा जारी विश्वकप २०१८ खेलमा कोस्टारिकाविरुद्व ब्राजिलले अन्तिम समयमा २–० गोल गर्दै जित निकालेको छ । खेलको ९१ औं मिनेटमा ब्राजिलका खेलाडी फिलिप कोन्टिन्होले पहिलो गोल गरेका थिए भने दोस्रो गोल स्टार स्टाइकर नेइमारले गरेका हुन् ।
नेइमारले खेलको ९७ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । दुवैले अतिरिक्त समयमा समयमा गोल गरेका हुन् ।
यसअघि खेलको ७९ औं मिनेटमा कोस्टारिकाविरुद्धको खेलमा नेइमारलाई लडाएको भन्दै कोस्टारिकाविरुद्धको पेनाल्टीलाई भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाइदिएको थिए ।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलको ब्राजिलका लागि अन्तिम हाफको इन्जुरी समयमा कौटिन्हो र नेइमारले गोल गरे।
पिटर्सवर्ग स्टेडियममा भएको खेलमा अधिकांश समय बल नियन्त्रणमा लिएको ब्राजिलले गोल ९१ मिनेटसम्म कुर्नु परेको थियो। ९१ औं मिनेटमा कौटिन्होले गोल गरे भने इन्जुरी समयको अन्तिम मिनेटमा नेइमारले गोल गरे।
समूहको पहिलो खेलमा आशा अनुसारको प्रदर्शन गर्न नसकेको ब्राजिल आज सेन्ट पिटर्सवर्ग स्टेडियममा कोष्टारिकाविरुद्ध आफ्नो स्वभाविक खेल देखाए पनि फिनिसिङ कमजोर हुँदा २२ पटक पोष्टमा प्रहार गरेपनि गोल संख्या थप्न सकेन।
पहिलो खेलमा पराजित भएको कोस्टारिका लगातार पराजित हुँदै लगभग प्रतियोगिताबाट बाहिरिएको छ।