साहित्यकार फुयाँलको अभिनन्दन

77

काठमाडौँ, ८ असार : उपराष्ट्रपति नन्दबहादुर पुनले साहित्यबाट समाजको सकारात्मक परिवर्तन गर्न ठूलो सहयोग पुग्ने बताउनुभएको छ ।

गोर्खा जनकल्याण सङ्घले आज यहाँ आयोजना गरेको ‘बहुआयामिक व्यक्तित्व श्रीहरि फुयाँल’ ग्रन्थको लोकार्पण गर्दै उपराष्ट्रपति पुनले समाजलाई बुझ्ने बुझाउने र सकारात्मक परिवर्तनका लागि साहित्यको अहम् भूमिका रहने बताउनुभएको हो ।

कार्यक्रममा साहित्यकार फुयाँललाई अभिनन्दन पनि गरियो । उहाँका मुक्तक, कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, हाइकु, कथा, उपन्यास, संस्मरण, समीक्षा, साहित्यिक इतिहास कृति प्रकाशित छन् ।

प्रा डा वासुदेव त्रिपाठीले साहित्यकार जीवित रहँदैमा सम्मान गर्नुपर्ने बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष किशोरराज पन्तले साहित्य क्षेत्रको सम्माविना नेपाल र नेपालीको अस्तित्व संरक्षण हुन नसक्ने धारणा राख्नुभयो ।

Comments

comments