काँग्रेस भेलाले निकाल्याे चुनाव हार्नुकाे यस्ताे कारण, जसमा पूर्व प्रहरीदेखि प्रधानन्याधीस मुछिए

66

काठमाडाैँ : हेटौँडामा भएको काँग्रेस जिल्ला सभापतिहरुको भेलामा सहभागी अधिकांश जिल्ला सभापतिहरुले तत्कालीन डिआइजी सिलवाल र प्रधानन्यायाधीश कार्की काण्डका कारण पार्टीले चुनावमा हार व्यहोरेको भन्दै शेरबहादुर देउवासँग यसको जवाफ मागेका थिए ।

सभापति देउवाले तत्कालीन डिआइजी नवराज सिलवाल एमाले कार्यकर्ता भएकाले बढुवा नगरिएको बताएका छन् ।

हेटौँडामा भएको काँग्रेस जिल्ला सभापतिहरुको भेलालाई शुक्रबार समापन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउनु पनि ठीक भएको दाबी गरेका छन् ।

देउवाले तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग तथा डिआइजी सिलवालाई प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादबारे जिल्ला सभापतिहरुलाई प्रष्टीकरण दिदै यी दुवै प्रकरणमा आफूले कुनै गल्ती नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । कार्यसम्पादन मूल्यांकनका आधारमा आइजीपी बढुवा गरेको उनले दाबी गरे । यद्यपी, सिलवाल अहिले तत्कालीन एमालेबाट सांसद भएको प्रसंगतर्फ संकेत गर्दै उनले सिलवाल एमाले भएका कारण बढुवा नगरिएको पनि बताए ।

Comments

comments