ब्राजिलका फिलिपे कोन्टिन्हो बने ‘म्यान अफ द म्याच’

560

काठमाडौँ । विश्वकप फुटबलको उपाधि दाबेदार ब्राजिलले अतिरित्त समयमा गोल गर्दै कोस्टारिकालाई पराजित गरेको छ।

ब्राजिलले बराबरी हुने अवस्थाको खेललाई उल्टाउदै अतिरिक्त समयमा २ गोल गर्न सफल भएपछि कोस्टारिका ग्रुप स्टेजबाटै बाहिरिएको हो ।

ब्राजिललेभने नकआउट चरणमा प्रवेश गर्ने संभावना बलियो बनाएको छ। निर्धारित ९० मिनेट बराबरी भएको खेलमा ६ मिनेट अतिरिक्त समय थप गरिएको थियो। जसमा फिलिपे कोन्टिन्होले पहिलो गोलगर्दा स्टार नेमारले दोस्रो गोलगर्दै कोस्टारिकामाथिको जित सुनिश्चित गरे।

निर्धारित ९० मिनेटसम्म ब्राजिल र कोस्टारिकाले गोल रहित बराबरी खेलेका थिए। खेल नियन्त्रण गोलका प्रयासमा ब्राजिलनै बलियो देखिएपनि कोस्टारिकाका गोल रक्षक केलोर नाभासको उच्च बचाउका बाबजुद ब्राजिल र कोस्टारिकाबीचको खेल बराबरीमै टुंगिने अनुमान लगाइएको थियो।

तर खेलमा ६ मिनेट अतिरिक्त समय थप गरिएपछि खेल ब्राजिलको पक्षमा पार्न सफल भयो।

कोस्टारिकाविरुद्ध ब्राजिलका लागि अरिरिक्त समयमा पहिलो गोल गर्ने फिलिपे कोन्टिन्हो म्यान अफ द म्याच बनेका छने। ग्याब्रियल जिशशको पासमा कोन्टिन्होले प्रहार गरेको बल विपक्षी गोलरक्षकको खुट्टामुनीबाट छिरेपछि गोल भएको थियो।

Comments

comments