रोमेलु लुकाकुको २ गोलमा बेल्जियमको अग्रता, ट्युनिसिया ३–१ ले पछि

274

काठमाडौं । रोमेलु लुकाकुले विश्वकप २०१८ मा गोल्डेन बुटको दोबेदारी शशक्त बनाएका छन् । लुकाकुले बेल्जियमका तर्फबाट ट्युनिसियाविरुद्धको जारी खेलमा २ गोल गरेपछि सर्वाधिक गोलकर्ता पोर्चुगिज क्रिस्टियानो रोनाल्डोसँग ४–४ गोलको बराबरी गरेका हुन् ।

ग्रुप जी अन्तर्गत यतिबेला बेल्जियम र ट्युनिसियाबीचको प्रतिस्पर्धात्मक दोस्रो हाफ जारी छ । बेल्जियमले खेलको छैठौं मिनेटमा इदेन ह्याजार्डको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पुन १६ औं मिनेटमा बेल्जियमले लुकाकुको गोलबाट दोस्रो गोलको अग्रता लियो ।

तर त्यसको दोस्रो मिनेटमै अर्थात १८ औं मिनेटमा ट्युनिसियाका लागि ड्यालन ब्रोनले एक गोल फर्काए । खेल बेल्जियमले २–१ ले अग्रता लिइरहेको अवस्थामा पुन लुकाकु भाग्यशाली सावित भए । उनले पहिलो हाफको अतिरिक्त समयमा दोस्रो गोल पुरा गरे ।

विश्वकपकमा बेल्जियम आफ्नो दोस्रो खेल जिते सिधै नकआउट चरणमा प्रवेश गर्नेछ । यसअघि पहिलो खेलमा बेल्जियमले जित निकाल्दै ३ अंक जोडिसकेको छ । तर यदि आजको खेल हार ट्युनिसियाको विश्वकप यात्रा समुह चरणमै समाप्त हुनेछ ।

पहिलो खेलमा ट्युनिसिया पराजित भएको थियो । केभिन डि ब्रुन, रोमेलु लुकाकु र इदिन ह्याजार्डजस्ता स्टार खेलाडीको साथमा मैदान उत्रेको बेल्जियमले ट्युनिसियाविरुद्ध आक्रमक खेलिरहेको छ ।

Comments

comments