नेपालको विकास हामी सबै नेपाली मिलेर गर्नुपर्छ– नेता डा महत

81

काठमाडौँ, ९ असार । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेपालको विकास हामी सबै नेपाली मिलेर गर्नुपर्नेमा जोड दिनुभएको छ ।

 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले हाल देशको आर्थिक क्षमताबाट रेल गुडाउन सकिने सम्भावना नरहेको बताउनुभयो । नेता महतले थप्नुभयो, “नेपाल आफँैले रेल निर्माण गर्न सक्दैन्, हाम्रा प्राथमिकता धेरै छन् । हामीले ऋण लिएर रेल सञ्चालन गरे पनि ऋण र ब्याज तिर्न सक्ने अवस्थामा छैनौँ ।”

सीमित स्रोत र साधन भएको मुलुक भएकाले नेपालले आन्तरिक आवश्यकता पूरा गर्नतिर ध्यान दिनुपर्ने औँल्याउँदै महतले भन्नुभयो, “रेल निर्माणजस्तो पूर्वाधार विकासबाट प्रतिफल लिनको लागि धेरै समय कुनुपर्छ ।” उहाँले चीन तथा भारतीय नेतृत्वसँग अनुदानमा रेल निर्माण गर्न आग्रह गर्नुपर्ने सुझाव दिनुभयो ।

नेता महतले नेपाली काँग्रेस पार्टीको जिल्ला सभापतिको भेला अत्यन्तै सकारात्मक र फलदायी भएको वताउनुभयो । अहिलेको सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउँदै उहाँले लोकतान्त्रिक मूल्य र मान्यतालाई बचाउन काँग्रेस आवश्यक परे सडक र सदनमा संघर्ष गर्न पनि तयार रहेको बताउनुभयो ।

Comments

comments