मायाँ र ममता को खानि हो आमा (गजल)

76

इन्द्रेणी न्युज, काठमाडौं ।

सन्तान को सुख मा रमाउछिन आमा ।
मायाँ र ममता को खानि हो आमा ।।

आफु सबै रितिएर सन्तान का लागि ।
आफ्नै रगत चुसाएर आनन्द मान्छिन आमा ।।

जन्म दिने हुर्काउने कर्तब्य ठान्छिन ।
सत्कर्म मा लाग्न प्रेरित गर्छिन आमा ।।

आमा जस्तो धरती मा हुन सक्छ कहाँ ।
आमा हुन्छिन जता पनि सन्तान छ जहाँ ।।

नि स्वार्थ माया सन्तान माथि आमाकै हुन्छ ।
ठेस लाग्दा सन्तान लाई आमा लाई नै दु:खछ ।।

दश महिना कोखमा राखी हरेक दु:ख पिडा भोग्छिन् आमा ।
धर्तीमा जन्म दिएपछी पनी आफुले खाने हरेक गास खुवाउछिन् आमा ।।

Comments

comments