प्रेमा संगमको- गजल

61

 

मेरो सपना शहरमा जलेर गए
सपनामा आउने परीले छलेर गए ।।

छोटो जिन्दगानीको लामो सपनाहरु
तासको महल झै एकाएक ढलेर गए ।।

जिवनका खुशी चुलेसीमा रेटिएर
पुरानो प्रेम पत्र झै आगोमा बलेर गए ।।

ती सपनाहरु अचेल अतित बनेर
छड्के नजरले हेर्दै चलेर गए ।।

लाश बनेर सपनाहरु बजारमा
बिरामी झै शैयामा गलेर गए ।।

 

Comments

comments