प्रचारप्रसारलाई तीव्र पार्दै स्कुल तथा कलेजमा ‘जय भोले’ टिम

133

इन्द्रेणी न्युज, काठमाडौं।  यही ३० असोज फुलपातीको दिनबाट रिलिज हुने फिल्म जय भोलेको रिलिज मिती नजिकिँदै गर्दा फिल्म युनिटले प्रचारप्रसारलाई तीव्र पार्दै स्कुल तथा कलेजको यात्रामा लागि परेका छन् ।

फिल्मका अभिनता खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, निर्माता निर्देशक अशोक शर्मा लगायतको टिमले अहिले स्कुल तथा कलेजहरुमा पुगि विधार्थीहरुसँग साक्षात्कार गर्दै आएको छ ।

यसै क्रममा जय भोले टिमले तीन दिनमा लिटिल एञ्जल हात्तिबन, ग्रान्ड एकेडेमी लगनखेल, प्रिमियर स्कुल सातदोबाटो, युनिक एकेडेमी कुमारीपाटी, ओमेघा कलेज कुमारीपाटी, नेशनल कलेज बालकुमारी, हिमालय कलेज कोटेश्वर, भिएस निकेतन मिनभवन, एसएम कलेज घट्टेकुलो, इपिएस स्कुल मिन भवन, एसिई हाइयर सेकेन्डरी मिन भवन लगायत विभिन्न कलेज तथा स्कुलमा विधार्थीहरुसँग साक्षात्कार गरिसकेका छन् ।

Comments

comments