निर्जलाको टाइटल गीत ‘सबैकी प्यारी निर्जला’ सार्वजनिक – भिडियो

62

इन्द्रेणी न्युज, काठमाडौं।  असोज १९ गतेबाट देशव्यापी रिलिज हुने फिल्म निर्जलाको टाइटल गीत रिलिज भएको छ । उक्त गीतमा मेलिना राईको स्वर, बाबु गिरीको संगीत, र राम रुवालीको शब्द रहेको छ । यस फिल्म राजु गिरी प्रोडक्शन र शुभश्री फिल्मस् प्रोडक्शनद्वारा निर्माण भएका हो ।

शुभेच्छा थापाको लेखन रहेको फिल्ममा रबि कोइरालाको छायांकन, अशोक खड्काको द्वन्द्ध, कमल राई र क्रान्ति के.सीको कोरियोग्राफी र तारा थापा किम्भे को सम्पादन रहेको छ ।

फिल्म निर्जलालाई राजु गिरीले निर्माण गरेका हुन् । प्रकाश चन्द्र न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Comments

comments