संचिता लुइँटेल र रविन्द्रको ‘गुनगुन’को फस्टलुक पोस्टर सार्वजनिक

62

इन्द्रेणी न्युज, काठमाडौं। प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र ‘गुनगुन’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रहरुलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ ।

कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रमा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । प्रेम कथामा आधारित यस चलचित्रलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यकामा सुनिल मानन्धरले वितरण गर्नेछन ।

चलचित्रमा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

Comments

comments