विप्लवलाई खोज्न ५० करोडको लगानी भएको खुलाशा

123

काठमाडौँ। आमूल परिवर्तनका लागि भन्दै एकीकृत जनक्रान्तिको उद्घोष गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव अहिले अर्धभूमिगत छन्।

सरकारी दमनपछि भूमिगत हुनु विप्लवका लागि बाध्यता हो। यसमा स्वभाविक रुपमा जिम्मेवार उनी पनि होलान्।उदयपुर जिल्ला अदालतले वारेन्ट जारी गरेपछि भूमिगत सक्रियता अझै बढेको छ।

सरकारले उक्त पार्टी माथि दबाब बढाउँनकै लागि केही दिन अगाडि नाटकीय रुपमा प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई निणन्त्रणमा लियो।

अन्ततः आरोप पुष्टि नभएपछि ४९ दिनपछि रिहा गरेको छ । यो गिरफ्तारी नेकपाको गिरफ्तारी कै योजना रहेको विप्लव नेताहरू बताउँछन् । केन्द्र देखि स्थानीय तहसम्मकै नेताकार्यकर्तालाई गिरफ्तार गर्ने गृहप्रशासनको योजना भएको नेकपाको ठहर छ ।

पूर्व माओवादी जनमुक्ति सेना समेत रहेका लेखक दिल निसानी मगरले आफ्नो पछिल्लो लेखमा सत्तारुढ नेकपा र विद्रोही नेकपा बीचको बढ्दो दूरी बारे यसो लेखेका छन् । “के अब कम्युनिस्टहरू आफैं आफैं लडेर सकिने हो त ? के राज्यको ढुकुटी लडार्इं र अस्थिरताकै लागि मात्र प्रयोग गर्ने हो ? सुनिन्छ, विप्लवलाई खोज्न ५० करोड रुपैयाँको लगानी भइसक्यो रे ! यो सत्य हो भने मुलुकमा कहिल्यै अन्त्य नहुने र कसैको हार र जित पनि नहुने अस्थिरता पक्का छ।”

Comments

comments