ड्रिम गर्ल’ ट्रेलर सँगै ‘द्रौपदी र चुरिफुरी’ निर्माण घोषणा

126

इन्द्रेणी न्युज, काठमाडौं। मंसिर ७ लाई प्रदर्शन मिति फाइनल भएको चलचित्र ‘ड्रिम गर्ल’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। माया प्रेम र एक्सनले भरिपूर्ण चलचित्रको ट्रेलरमा आकाश श्रेष्ठ र आश्मा गिरिको अलावा सबै कलाकारहरुलाई प्रस्तुत गरिएको छ।

भारतीय फिल्म निर्माण कम्पनी रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा आर.बी. मुभिको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा ऋषिराज आचार्यको लेखन, निर्देशन, पटकथा अनि संवाद, अर्जुन पोखरेलको सङ्गीत, सम्राट बस्नेतको एक्सन र गम्भिर बिष्टको नृत्य रहेको छ।

चलचित्रमा आकाश श्रेष्ठ, आष्मा गिरी, सरोज खनाल, विल्सन बिक्रम राइ, लक्ष्मी गिरी, रुपा सुवेदी, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी लगायत अन्य कलाकारहरूको पनि अभिनय रहेको छ। त्यस्तै चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रम सँगै दुइ चलचित्र ‘द्रौपदी र चुरिफुरी’ निर्माण घोषणा गरिएको छ। जसलाई ‘ड्रिम गर्ल’ निर्देशक आचार्यले नै निर्देशन गर्नेछन्।

हेर्नुस् ट्रेलर:

Comments

comments