हेर्नुहोस् ‘छक्का पञ्जा ३’को प्रमोशनल गीतमा ‘दीपकदिपादेखी माग्ने र जितुको’ बबाल र्याप (भिडियो)

127

इन्द्रेणी न्युज, काठमाडौं। निर्देशक तथा कलाकार दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र छक्का पञ्जा ३ टिम यतिबेला तिव्र प्रचार प्रसारमा लागि परेका छन् । प्रचार प्रसारलाई थप जोड दिदैँ चलचित्र युनिटल चलचित्रको प्रमोशनल गीत सार्वजनिक गरेका छन् । ‘छक्का पन्जा-३’ शटस्थापनाको दिन बोलको यस गीतलाई सामाजिक संजाल युटूब मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक यस गीतमा चलचित्रकै पहिलो गीत पहिलो नम्वरमा राखेर बनाइएको छ भने गीतमा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्याप हानेका छन् । गीतमा डेविड शंकरकै स्वर रहेको छ ।

घटस्थापनाको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा दिपराज गिरीको कथा, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको संवाद, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

चलचित्रमा निर्माताका रुपमा सुमन गिरी भन्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोतम प्रधान, तारा चन्द्र बजगाई, दिपेन्द्र खनिया र केशव न्यौपाने र चलचित्रको कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे रहेका छन् ।

चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, प्रियंका कार्की, दिपीका प्रसाँइ, लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

Comments

comments