‘बाँध मायाले’ पत्तासाफ भएपछि, सबिर, आर्यन र सृष्टिको करिअर धरापमा

157

इन्द्रेणी न्युज, काठमाडौं। नेपाली फिल्म उद्योगका अनलक्की कलाकारमा पर्छन आर्यन अधिकारी र सृष्टि श्रेष्ठ । त्यस्तै निर्देशकका रुपमा पछिल्लो समय सबिर श्रेष्ठ पनि अनलक्की सावित हुँदै गएका छन् । यी तीनको संग्लनता रहेको फिल्म ‘बाँध मायाले’ बक्सअफिसमा पत्तासाफ भएपछि, कला क्षेत्रमा अब यी तीन कलाकारको कालो दिन सुरु भएको छ । सोझो बोलिमा करिअर धरापमा ।

‘इन्टु मिन्टू लण्डनमा’सँग बक्सअफिसमा भिडेको ‘बाँध मायाले’ आए-गएको पत्तै भएन । यसैलाई भनिन्छ ‘पत्तासाफ’ । आर्यनका प्रदर्शन भएका तीन ओटै फिल्म बक्सअफिसमा पत्तासाफ भएका छन् । डेब्यु फिल्म ‘के म तिम्रो होइन र’सँगै आर्यनका ‘बटरफ्लाई’ र ‘बाँध मायाले’ रिलिज भएको दर्शकलाई पत्तो नै भएन । सृष्टिको ‘रोमियो एण्ड मुना’सँगै ‘बाँध मायाले’को पनि त्यहि हालत भयो ।

अझ निर्देशक श्रेष्ठको पछिल्लो फिल्मी यात्रा त रुनु न हाँस्नुको भएको छ । बुझीए अनुसार ‘बाँध मायाले’ फ्लप भएपछि सबिर निक्कै तनावमा छन् । यो वर्ष रिलिज भएको ‘कहिँ कतै’ले बक्सअफिसमा पानी भन्न पाएन । ‘बाँध मायाले’बाट सबिरले निक्कै आशा गरेका थिए । बक्सअफिसको नतिजा सबिरको पक्षमा आएन ।

सबिरका पछिल्ला ६ फिल्मको हालत दयनीय छ । ‘बाँध मायाले’, ‘कहिँ कतै’, ‘किङ’, ‘तथास्थु’, इशारा’, ‘के म तिम्रो साथि बन्न सक्छु’ र ‘आँधी बाटो’जस्ता फिल्म सबिरका फ्लप फिल्म हुन् ।

Comments

comments