४४ नम्बर ट्रेण्डिङमा सुनिल गिरीको ʻपरदेशी’ (हेर्नुस् भिडियो) Sunil Giri - PARDESHI "Kasto Yo Maan

100

इन्द्रेणी न्युज, काठमाडौं। पछील्लो समय युवापुस्ता माझ निकै रुचाइेका गायक हुन् सुनिल गिरी। ‘को होला त्यो’ बोलको गीतबाट युवापुस्तामाझ निकै लोकप्रियता कमाएका सुनिलले हालसालै नयाँ गीत सार्वजनिक गरेका छन्। यो मन एल्बममा समाविष्ट ʻपरदेशी’ बोलको उक्त गीतलाई सुनिलले आफ्नै युटूब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

सुनिलकै शब्द, संगीत, स्वर र अभिनय रहेको यस गीत अहिले ट्रेण्डिङमा समेत आउन सफल भएको छ। यस समाचार तयार पार्दासमेत नेपालको ४४ नम्बर ट्रेण्डिङमा आएको छ भने भिडियोले १ लाख ५० हजार भिओर्स प्राप्त गरेको छ।

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन गरेका हुन । भिडियोमा पवन सिम्खडाको छायाँकन तथा शिलन लम्सालको सम्पादन छ ।

दार्जिलिङ, सिक्किम, घान्द्रुक, जोमसोम लगायतका रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा गायक गिरी मोडेल श्रेया शर्मासंग देखिएका छन् । सुनिलका यसअघिका अन्य थुप्रै गीत हिट छन् ।

Comments

comments