‘चङ्गा चेट’ को पोस्टर रिलिज, पोस्टरमा उडे आयुष्मानसँगै प्रियंका र परमिता

47

इन्द्रेणी न्युज, काठमाडौं। निर्देशक दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ को ट्रेलर आउन केही दिन बाँकी हुँदा निर्माण टिमले पोष्टर सार्वजनिक गरेको छ ।चलचित्रको पोस्टरलाई निर्देशक दीपेन्द्र के खनालले आफ्नो अफिसियल फेसबुक मार्फत सार्वजनिक गरेका हुन्। सार्वजनिक पोष्टरमा चलचित्रका दुई पात्रले चङ्गा उडाईरहेका छन् भने चङ्गामा आयुष्मान देशराजसँगै प्रियंका कार्की, परमिता आरएल राणा लगायत उडिरहेको देखाईएको छ।

प्रदीप भारद्वाजले लेखेको यस चलचित्रको कथालाई निर्माता माधव वाग्ले र शर्मिला पाण्डेले सयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन, दिर्घ खड्काको सम्पादन र सुर्य ठोकरको द्धन्द्ध रहेको छ। यस अघि चलचित्रको ‘गोजीमा दाम छैन’ गीत निकै रुचाईसकेको छ ।

कात्तिक १६ गतेबाट सार्वजनीक प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री, शिशिर बाङदेलको मुख्य अभिनय रहेको छ। चलचित्रमा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्मा अतिथी कलाकारको रुपमा रहेका छन् ।

Comments

comments